आधारभूमि संवाददाता
काठमाडौँ,२४ भदौ
नेपालमा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेका छन्।
मृत्यु हुनेमध्ये काठमाडौँकी ८३ वर्षीय महिला,कास्कीकी ७३ वर्षीया महिला ,बाँकेकी ८० वर्षीय महिला रहेका छन् भने पुरूषमा काठमाडौंका ६७ वर्षीय, अर्घाखाँचीका ४२ वर्षीय र नवलपरासीका ६४ वर्षीय रहेका छन् ।
यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय १२ पुगेको छ ।