neapl investment mega bank
  • गृहपृष्ठ
  • वचत तथा सहकारी संस्थाको पाँच करोड ६७ लाख ठगी गरी फरार रहेको ब्याक्ति पक्राउ

वचत तथा सहकारी संस्थाको पाँच करोड ६७ लाख ठगी गरी फरार रहेको ब्याक्ति पक्राउ

Sep 9th, 2020

काठमाडौ, भदौ २४

वचत तथा सहकारी संस्थाको पाँच करोड ६७ लाख ठगी गरी फरार रहेको ब्याक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाले ठगी गरेको अभियोगमा का.म.न.पा वडा नं ३१ घर भई ललितपुरको धापाखेल बस्ने ४४ बर्षिय राजकाजीश्र खड्गीलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं २१ न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडमा का.म.न.पा वडा नं ३१ बस्ने राजकाजी खड्गी प्रबन्धक पदमा २०७० असार देखी मिति २०७७ जेठ मसान्त सम्म ७ बर्ष कार्यरत रहँदा उक्त सहकारीको हर हिसाव तथा सहकारीको बैंक खाता सन्चालन समेतको सम्पुर्ण जिम्मा लिई उक्त संस्थाको सम्पुर्ण हिसाबको विवरण नदेखाई पाँच करोड ६७ लाख नगद ठगी गरी फरार भएका थिए ।

सो पश्चात लुकीछिपी बसेको अवश्थामा महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार अपरान्ह एक बजे ललितपुर म.न.पा वडा नं २३ धापाखेलबाट प्रकाउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ । मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्वन्धी कसुरमा अनुसन्धानको लागि सम्मानित काठमाण्डौं जिल्ला अदालत वाट यही भदौ २२ गते वाट लागु हुने गरी दिन ५ म्याद थप अनुमति प्रदान भै अनुसन्धान भै प्रहरीले जनाएको छ ।