काठमाडौ, भदौ २४
अवैध लागु औषधको कारोवार गर्ने व्यक्तिहरु पक्राउ परेकाछन । महानगरी अपराध महाशाखाका अनुसार लागुऔषध कारोबार गर्ने व्यक्तिहरूले ना.३ ख.९८९ नं.को कन्टेनरमा अबैध लागु औषध ओसार पसार गरी भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं. १ स्थित सल्लाघारी एरियामा कारोवार गर्ने गरेको भन्ने विशेष सूचना प्राप्त भएकोले महाशाखा तथा महानगरीय प्रहरी परिसर, भक्तपुर समेतबाट खटिएको सयुंक्त टोलीले आज मंगलबार विहान जि.भक्तपुर सल्लाघारी स्थित अरनिको राजमार्गको दक्षिण तर्फको किनारामा ना.३ ख.९८९ नं.को कन्टेनर रोकी राखेको अवस्थामा तपशिलमा उल्लेखित विष्णु प्रधान र डम्बर बहादुर प्रधान समेत २ जना फेला पारी पक्राउ गरिएको हो ।

उनीहरुको कन्टेनर जाँच गर्दा उक्त कन्टेनरको चालकको सिट मुनी रहेको जेब्रा झोला थान १ र चालकको संगैको सिट मुनी रहेको जेब्रा झोला थान १ गरी जम्मा जेब्रा झोला थान २ फेला पारी खानतलासी गर्दा निम्न परिमाणको लागुऔषध बरामद गरी निजहरूलाई बिक्री वितरणको लागि ल्याएको अवैध लागु औषध सहित पक्राउ गरीएको हो । प्रारम्भिक अनुसन्धानमा निजहरु सँग उक्त लागू औषध कारोबार गर्ने कार्यमा संलग्न रहेका शंकर खड्का समेतलाई काठमाण्डौको बुढानिलकण्ठ एरियाबाट पक्राउ गरी थप अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर भक्तपुर पठाईएको महाशाखाले जनाएको छ ।
यि हुुन पक्राउ पर्ने व्यक्तिहरु
१. नाम : विष्णु प्रधान
उमेरः३६ बर्ष
ठेगानाः जि.सिन्धुपाल्चोक, बाह्रविसे न.पा.वडा नं. ०७
२. नाम थरः डम्बर बहादुर प्रधान
उमेरः३७ बर्ष
वतनः जि.सिन्धुपाल्चोक, बाह्रविसे न.पा.वडा नं. ०७
३. नाम : शंकर खड्का
उमेर : ३२ वर्ष
ठेगाना :जि.सिन्धुपाल्चोक, भोटेकोशी गा.पा.वडा नं.०५