neapl investment mega bank aadharbhumi
  • गृहपृष्ठ
  • सामुदायिक वनबाट करिब सय किलो गाँजा बरामद

सामुदायिक वनबाट करिब सय किलो गाँजा बरामद

Sep 7th, 2020

चितवन, २२ भदौ

राप्ती नगरपालिका-८ स्थित कालिका सामुदायिक वनबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजा सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

सोही वनको टोलीले गस्ती गर्ने क्रममा वनभित्र अपरिचित व्यक्तिहरु बोरा बोकी जंगलभित्र फाली भागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त झोला जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi