neapl investment mega bank aadharbhumi
  • गृहपृष्ठ
  • छिमेकीलाई कुटपिट तथा धारिलो हतियार चक्कु प्रहार

छिमेकीलाई कुटपिट तथा धारिलो हतियार चक्कु प्रहार

Sep 7th, 2020

नवलपरासी(पूर्व), २२ भदौ

छिमेकीलाई कुटपिट गरेको तथा धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मध्यबिन्दु नगरपालिका-४ लुस्लेरी बस्ने ६२ वर्षीय मोतिराम परियार र उनकै छोरा १९ वर्षीय राजु परियार रहेका छन् । विवादको क्रममा छिमेकी ४५ वर्षीय दान बहादुर परियार र २३ वर्षीय अर्जुन परियारलाई कुटपिट गरी धारिलो हतियार चक्कु समेत प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घाइते दुबै जनालाई जिल्ला अस्पताल डण्डा मध्यबिन्दु हुँदै थप उपचारको लागि भरतपुरतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi