neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीबिच सम्झौता,विभिन्न सेवाशुल्कमा छुट पाउने

महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीबिच सम्झौता,विभिन्न सेवाशुल्कमा छुट पाउने

Sep 7th, 2020

काठमाडौ, भदौ २२

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विश्वमा महामारीकोरुपमा फैलिएको कोभिड १९ को सङ्क्रमण परिक्षण (पिसिआर टेस्ट) का साथै अन्य गुणस्तरीय स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीसँग आईतबार एक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरेकाछन ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी लगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवाशुल्कमा छुट पाउनेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५ प्रतिसत र कोभिड १९ को संव्रmमण परिक्षण (पिसिआर टेस्ट) मा अधिकतम १५ प्रतिसत आकर्षक छुट प्राप्तगर्न सक्नेछन् ।

देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको बैकले आगामी दिनहरुमा उक्तकम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।