neapl investment mega bank aadharbhumi
  • गृहपृष्ठ
  • उत्तरदायी प्रशासन नारामा सिमित, कर्मचारी नै बिर्सन्छन् आफ्नो कर्तव्य

उत्तरदायी प्रशासन नारामा सिमित, कर्मचारी नै बिर्सन्छन् आफ्नो कर्तव्य

Sep 6th, 2020

आधारभूमि संवाददाता

काठमाडौं ,भदौ २१

निजामती कर्मचारीहरुले भोलि ‘निजामती सेवा दिवस’ मनाउदै छन् । प्रत्येक वर्ष २२ भदौमा मनाइनेका निजामती सेवा दिवसका लागि यस वर्ष ‘स्वच्छ र समक्ष निजामती प्रशासन, समृद्धि र सुशासन’ नारा तय गरिएको छ ।

सरकारले यस वर्ष कोरोना भाइरस ९कोभिड–१९०का कारणले कार्यालयमा नै दिवस मनाउन निर्देशन दिएको छ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालयमा दिवस मनाउँदा पनि भौतिक दूरी र स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग गर्न कर्मचारीलाई आग्रह गरेको छ ।

निजामती सेवामा कार्यरत कर्मचारीहरुले निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा निजामती दिवस मनाउने गर्छन् । हरेक वर्षको नारा भने स्वच्छ, जनमुखी र उत्तरदायी प्रशासनसंग सम्बन्धित हुन्छ । कर्मचारीले पनि सो नारा अनुरुप काम गर्नुपर्ने आफ्नो दायित्व रहेको स्मरण गर्छन । तर, एक दिन मात्र ।

८० हजार कर्मचार रहेको निजामती प्रशासनले नारामा उल्लेख गरेअनुसार काम भन ेगर्न सकेको देखिदैन । प्रशासकहरु अफैले तय गरेको नारालाई पनि व्यवहारमा उतार्न असफल देखिएका छन् ।कर्मचारीले यस दिवस दिवस मनाउन थालिएको १७ वर्ष भयो ।

हरेक वर्ष सरकारले सेवाप्रवाह, सुशासन र समृद्धिका ल्याउन दत्तचित्त भएर काम गर्न कर्मचारीलाई निर्देशन दिन्छ । सेवाप्रवाह भने निकै अनुत्तरदायी तवरले गर्ने प्रवृति कर्मचारीको छ । ‘सुशासन’ पनि जनतालाई लोभ्याउने भाषण बन्ने गरेको छ ।

सुशासनको भाषण गरेर सेवाग्राहीको आँखामा छारो हाल्दै आएका कर्मचारीहरुनै बर्सेनि ‘घुस प्रकरण’मा पक्राउ परिरहेका छन् । सरकारको नीति एकातिर कर्मचारीको काम अर्कोतिर हुने गरेका कारण पनि निजामती प्रशासन सवल बन्न नसकेको हो ।

कस्ता थिए हालसम्मका नारा ?

सरकारले २०६१ सालमा पहिलोपटक औपचारिक रूपमै निजामती सेवा दिवस मनाउँदा ‘सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता’ नारा तय गरेको थियो । त्यसपछि २०६२ मा सबल प्रशासन, स्वच्छ प्रशासन, २०६३ मा लोकतन्त्रका लागि जनमुखी नागरिक प्रशासन, २०६४ मा पारदर्शी प्रशासनः लोकतान्त्रिक प्रशासन भन्ने नारा तय गर्यो ।

यसैगरी २०६५– जनसेवा हाम्रो प्रतिबद्धता, २०६६ मा जनातका लागि प्रशासन, २०६७ मा शिष्ट र नम्र व्यवहार स् सेवाग्राहीको अधिकार र २०६८– जनतालाई सम्मान र सेवा, सुशासनलाई टेवा भन्ने नारा तय गरियो ।

त्यस्तै २०६९मा जनमुखी प्रशासन स् अनुशासन र सुशासन, २०७०मा सुशासन र सदाचार स् निजामती सेवाको आधार, २०७१मा निजामती सेवाको मान्यताः अनुशासन, इमानदारिता र नैतिकता भन्ने नारा राखियो ।

त्यस्तै २०७२ मा निजामती सेवाको रचना, समृद्ध नेपालको रचना र २०७३मा सेवामैत्री र जवाफदेही प्रशासन भन्ने नारा तय गरियो । यसैगरी २०७४मा निजामती कर्मचारीको प्रतिबद्धता ःपारदर्शिता र चुस्तता भन्ने नारा थियो भने २०७५ मा नतिजामुखी प्रशासन, समृद्धि र सुशासन भन्ने नारा थियो ।

यसैगरी गतवर्ष २०७६ मा सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन राखिएको थियो भने यसवर्ष २०७७– स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन भन्ने रहेको छ ।

निजामती सेवाको मूल काम सार्वजनिक सेवाप्रवाह र न्यायपूर्ण सम्पादन हो ।निजामती सेवाले सार्वजनिक प्रशासन क्षेत्रमा नयाँ नयाँ अवधारणा प्रयोग गर्दै सेवाप्रवाहमा प्रभावकारिता ल्याएमा मात्र सरकारका काम पनि सफल हुन्दै जान्छन् । तर नेपालमा भने सो मान्यत अनुरुप काम हुन नसक्दा कर्मचारी प्रशासन आलोचित बन्दै गएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi