neapl investment mega bank aadharbhumi
  • गृहपृष्ठ
  • मानव बेचविखन तथा ओसारपसार विरुद्धको १४ औ राष्ट्रिय दिवसको अवसरमा विश्वास नेपाल सम्मानित

मानव बेचविखन तथा ओसारपसार विरुद्धको १४ औ राष्ट्रिय दिवसको अवसरमा विश्वास नेपाल सम्मानित

Sep 6th, 2020

रसना ढकाल
काठमाण्डौ , भाद्र २१

मानव बेचविखन तथा ओसार पसार विरुद्धको १४ औ राष्ट्रियं दिवसको अवसरमा नेपाल सरकारबाट विश्वास नेपाल सम्मानित भएको छ । शनिवार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा गरिएको एक कार्यक्रमको विचमा मन्त्री पार्वत गुरुङ्गले उक्त जानकारी दिनभयो । विद्युतिय माध्यमद्धारा भएको एक छलफलमा बोल्दै मन्त्री पार्वत गुरुङ्गले मानव बेचविखन तथा ओसार पसार नियन्त्रणको सन्दर्भमा समाजिक संघ सस्थाहरुले गरेको कार्यको प्रशंसा गर्नु भएको थियो साथै जघन्य प्रकृतिका अपराधका श्वरुपहरु परिवर्तन भैरहेको जिकिर गर्दै मन्त्रि गुरुङ्गले प्रदेश सरकार तथा स्थायिन सरकारहरुको ध्यानाकर्षण गर्नुभएको थियो ।

यसैगरी मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवसमा आफनो सस्था सम्मानित भएको मा खुशि व्यक्त गर्दै विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले सम्मान पत्रले आफुहरुलाइ अझै जिम्मेवार बनाएको बताउनु भयो । विश्वास नेपाल मनोरञ्जन तथा रेष्टुरेण्ट क्षेत्रमा काम गर्ने श्रमिकहरुको हकहितको लागि विगत १३ वर्षदेखि कार्य गर्दै आइरहेको छ । मनोरञ्जन क्षेत्रलाइ लक्ष्ति गर्दै हुन सक्ने आन्तरिक तथा बाह्य बेचविखनको सभवनालाइ मध्यनजर गर्दै नेपाल प्रहरी तथा अन्य सरोकारवालाहरुसँग पैरवीका कार्यक्रमहरु गर्दै आइरहेको छ । विश्वास नेपालले बन्दबन्दीको समयमा मात्र मुम्बइ र दुवइबाट मनोरञ्जन क्षेत्रमा काम गर्ने ८ जना श्रमिकहरुलाइ उद्दार गरेको छ ।

कार्यक्रममा प्रतिनिधि तथा राष्ट्रिय सभा सदस्यहरु , प्रदेश अन्तर्गत समाजिक विकास मन्त्रालयका मन्त्रिहरु,जिल्ला समन्वय समिति महासंघ तथा नेपाल नगरपालिका संघका अध्यक्षहरु , राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थाहरु साथै मानव बेचविखन नियन्त्रण राष्ट्रिय समितिका सदस्यहरु लगायत समाजिक संघ सस्थाहरुको उपस्थिती रहेको थियो ।

नेपालमा हरेक वर्ष भाद्र २० लाइ मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । यसैगरी नेपाल सरकारले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणको लागि नेपाल प्रहरीमा मानव बेचविखन तथा अनुसन्धान व्युरो खडा गरेर काम गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi