neapl investment mega bank aadharbhumi
  • गृहपृष्ठ
  • अबैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

अबैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

Sep 5th, 2020

काठमाडौं, २० भदौ

पर्सा, छिपहरमाई गाउँपालिका-२ बस्ने ३५ वर्षीय गोखुल महत्तो केवट र सोही ठाउँ बस्ने २० वर्षीय सुजित महत्तो केवटलाई ५ केजी अबैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ‍प्रहरी चौकी टिउकीबाट खटिएको प्रहरीले बिआर २२ एक्यु ०४१३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला परी पक्राउ गरेको हो ।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-२८ बगही बस्ने २० बर्षीय रुपेश सहनीलाई १० केजी अबैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा टिनको ड्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिणामको गाँजा फेला पारी सहनीलाई पक्राउ गरेको हो ।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट ४ ग्राम अबैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-२४ बस्ने २० बर्षीय शिव साह कानु र सोही महानगरपालिका-१६ बस्ने कृष्ण भन्ने २० वर्षीय छोटु पाण्डे रहेका छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिणामको लागूऔषध सहित फेला परी पक्राउ गरेको हो ।

चितवन, कालिका नगरपालिका-७ स्थितबाट ८ केजी ९० ग्राम अबैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(६ बस्ने २१ वर्षीय अमृत बम्जन र सोही नगरपालिका-७ बस्ने २० वर्षीय सबिन घले रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले कालिका नगरपालिका-९ शक्तिखोरबाट जुटपानीतर्फ जाँदै गरेको ुअनटेस्टु लेखिएको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरुलाई उक्त परिणामको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध ४ बोतल डाइलेक्स डिसी सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका-११ बस्ने ४९ वर्षीय जय गुरुङ, २५ वर्षीय छोटु पासवान, सोही महानगरपालिका-४ बस्ने ३० वर्षीय सरफराज आलम र २८ वर्षीय मिन्टु हुसेन रहेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले को.२४ प ७८३ र स.९ प ४५११ नम्बरका दुई मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

धनुषा, जनकपुर उपमहानगरपालिका-२१ कुर्थाबाट नियन्त्रित लागूऔषध २ सय १० पिस नाईट्रोभेट ट्याब्लेट सहित महोत्तरी सोनमा गाउँपालिका-२ घर भएका २ जना किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी बिट कुर्थाबाट खटिएको प्रहरीले महोत्तरीबाट जनकपुरतर्फ जाँदै गरेको ज.१२ प ९९०४ नम्बरको मोटरसइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका-१ जोगिकुटी बस्ने २५ वर्षीय सबिन गुरुङलाई नियन्त्रित लागूऔषध १ एम्पुल नुर्फिन, १ एम्पुल डाइजेपाम, १ एम्पुल फेनारगन, २१ ट्याब्लेट स्पास्मो प्रोक्सिभन प्लस र अन्दाजी २५ ग्राम गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi