neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाली सेनाद्वारा भूजी खोलाको बाढीपहिरोमा हराईरहेकाहरुको खोज तथा उद्धार कार्य जारी

नेपाली सेनाद्वारा भूजी खोलाको बाढीपहिरोमा हराईरहेकाहरुको खोज तथा उद्धार कार्य जारी

Sep 4th, 2020

काठमाडौ, भदौ १९

नेपाली सेनाले भूजी खोलाको बाढीपहिरोमा हराईरहेकाहरुको खोज तथा उद्धार कार्य जारी राखेको छ । सेनाले यही भदौ १७ गते बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाको ७, ८, र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढीमा परिहराइरहेका व्यक्तिहरुको नेपाली सेनाको खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको हो ।

नेपाली सेनाको श्री अर्जुणवाण गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुको सहयोगमा हालसम्म १४ जनाको शव फेला पारेको छ । उक्त पहिरोमा परि हराइरहेका २४ जनाको खोजी कार्य जारी राखेको सेनाले जनाएको छ । सेनाले शुक्रबार सेनाको एमआई १७ हेलिकप्टरद्वारा उपप्रधानमन्त्री तथा गृहमन्त्री राम बहादुर थापाबाट वस्तुस्थिति अवलोकन तथा अत्यावश्यक राहत सामग्री ढुवानी गरिएको जानकारी दिएको छ ।

हाल उक्त स्थानमा स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुसँग निरन्तर समन्वय र सहकार्य गरी नेपाली सेनाका ३० जना खोज तथा उद्धार कार्यमा खट्टिइरहेको समेत सेनाले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi