काठमाडौ, भदौ १९
बर्लिन, जर्मनमा आयोजित आईएफए २०२० स्पेशल एडिशनमा ओपोका प्रमुख कार्यकारी अधिकृत टोनी च्छनले भर्चुअल उपस्थिती जनाएकाछन् । भर्चुअल उपस्थिती जनाएका टोनीले क्वालकमकी (नोट १७ अन्तर्गत भिडियो कन्फरेन्स मार्फत आफ्नो बक्तब्यपनि प्रस्तुत गरेका छन् । बक्तब्य मार्फत टोनीलेओपो र क्वालकमविच सहकार्यको ईतिहास केलाउँदै दूबै समूहले एकिकृत रुपमा सहकार्य अझ अघि बढाउँदै फाइभजी उत्पादनको ग्लोबल रोल आउटका लागि अझ दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाए ।
‘ओपो र क्वालकमले निकै लामो, नजिकको तथा विश्वसनिय पार्टनरशिप आदान प्रदान गरेको छ’, टोनीले भने, ‘हामीले स्मार्टफोन विकास लगायत अन्य क्षेत्रमा सहकार्य गरेका छौै । यस बर्ष हामीले उपभोक्ताहरुका लागि थप फाइभजी उत्पादनका विकल्पका साथै अनुभव पस्कने सोचका साथ क्वालकमको स्न्याप ड्रागन मोबाइल प्ल्याटफर्म सुसज्जित स्मार्टफोन्सका साथ फाइभजी सीपीई उत्पादनहरु यूरोप लगायत अन्य अन्तराष्ट्रिय बजारमा सार्वजनिक गरेका छौ ।
साथै, भविस्यमा विश्वभर फाइभजी उत्पादनको बृहत्तर ब्यवसायिक प्रयोगका लागि ओपोले क्वालकमसंगको पार्टनरशिपलाई निरन्तरता दिने छ ।’