neapl investment mega bank

काठमाडौं उपत्यकामा थपिए ४५४ संक्रमित

Sep 4th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१९ भदौ

काठमाडौंमा थप ४५४ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ४५४ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ३ सय ८६ ,ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।यसअघि बिहीबार उपत्यकामा ४४५ सङ्क्रमित थपिएका थिए।

नेपालमा बिहीबार थप १३५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । यसअघि बिहीबार एकैदिन १२२८ जना कोरोना संक्रमित थपिएका थिए।पछिल्लो २४ घण्टामा १३ सय ५४ जनाले कोरोना जितेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi