neapl investment mega bank
  • गृहपृष्ठ
  • सेवाग्राहीसँग घुस लिएको अभियोगमा वडाध्यक्ष अदुअआको नियन्त्रणमा

सेवाग्राहीसँग घुस लिएको अभियोगमा वडाध्यक्ष अदुअआको नियन्त्रणमा

Sep 3rd, 2020

रुपन्देही, १८ भदौ /रासस

सेवाग्राहीसँग घुस लिएको अभियोगमा रोहिणी गाउँपालिका –२ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आज नियन्त्रणमा लिएको छ ।

सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु ४५ हजार घुस मागेको र रु २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा वडाध्यक्ष पाण्डेलाई नियन्त्रणमा लिइएको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।

पाण्डेलाई वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बताइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi