आधारभूमि संवाददाता
कठमाडौं, भदौ १८
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाउने निर्णय गरेको छ।
रिक्त रहेको राष्ट्रिय सभा सदस्यको एक सिटमा कसलाई मनोनित गर्ने भन्ने विषयमा निर्याय गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको थियो ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णयअनुरूप राष्ट्रिय सभा सदस्य गौतम सिफारिस हुने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा नेकपाभित्र विवाद थियो।
राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताइएको छ।
प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेपनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । गौतमले पनि अहिले प्रतिनिधिसभा सदस्य बन्न अनुकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको बताएका थिए ।
यसैविच खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिदै छ । फागुन १४ गते नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारलाई सुझाव दिएको थियो। तर, प्रधानमन्त्री ओलीले सचिवालयको निर्णयलाई लागू गरेका थिएनन्।
संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नमिल्ने व्यवस्था छ । जसका कारण अर्थमन्त्री ड। युवराज खतिवडाको शनिबार सम्म मात्र पदमा रहन सक्ने छन् ।
डा। खतिवडा ०७६ साल फागुन २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए ।
डा। खतिवडाले केपी ओली नेतृत्वको सरकारमा करिब अढाइ वर्ष अर्थमन्त्रीका रुपमा काम गरे ।
राष्ट्रियसभामा मनोनित नहुँदै अर्थमन्त्री बनेका उनी दुईवर्षे कार्यकाल पूरा गरेका खतिवडाले सांसद पद समाप्त भएपछि उनले फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । २१ गते उनी पुनः अर्थमन्त्रीमा नियुक्त भएका थिए ।
त्यस्तै, बैठकमा नेकपाभित्र चुलिएको विवाद समाधानका लागि बनाइएको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल भएको वताइएको छ । नेकपा सचिवालयको बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनाएको ६ सदस्यीय कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य थिए ।