neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंक र डाक्टर अन कलबिच सम्झौता

महालक्ष्मी विकास बैंक र डाक्टर अन कलबिच सम्झौता

Sep 2nd, 2020

काठमाडौ, भदौ १७

महालक्ष्मी बिकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कलसँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका तर्फबाट कुमारीपाटी शाखाका प्रमुख अनिषसिंह सिजापती र डा. अन कलका तर्फबाट प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले हस्ताक्षर गरेकाछन ।

सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारीलगायत बैंकका संस्थापक र सेयरधनीहरुले डाक्टर अन कलमार्फत घरमै उपचार गराउन सक्नेछन् र यसरी उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापकरसेयरधनीहरु साथै कर्मचारीले डाक्टर सेवामा अधिकतम ३० प्रतिसत, फिजियोथेरापीमा अधिकतम ३० प्रतिसत, नर्स केयर सेवामा अधिकतम २० प्रतिसत, ल्याव टेष्टमा अधिकतम २० प्रतिसत, डाइटिसियन सेवामा अधिकतम ३० प्रतिसत, डेसिङ तथा इन्जेक्सन सेवामा अधिकतम १५ प्रतिसत साथै डाक्टरसँग अनलाइन कनसल्ट, औषधी तथा मेडिकल उपकरणहरुको डेलिभरी सेवा निःशुल्क रुपमा प्राप्त गर्न सक्ने बैकले जानकारी दिएको छ ।

एक सय दुुई वटा शाखा मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति समेत गरेको छ ।