neapl investment mega bank
  • गृहपृष्ठ
  • कोभिड संक्रमित भएका चिकित्सकलाई बेड आइसियु र भेन्टिलेटर उपलब्ध गराइने

कोभिड संक्रमित भएका चिकित्सकलाई बेड आइसियु र भेन्टिलेटर उपलब्ध गराइने

Sep 2nd, 2020

काठमाडौ, भदौ १७

कोभिड १९ बाट संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति भएको छ ।

एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघको बुधबार बसेको संयुक्त परामर्शदाता कमिटीको बैठकले संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति गरेको हो । यसका साथै बैठकले अस्पतालहरुमा भिडभाड कम गर्न ओपिडी, विरामी, विरामीका आफन्त र हेल्थ्य केयर वर्करहरुका सम्बन्धि प्रोटोकल तथा गाइडलाइन तयार गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा कोभिड १९ को विषयलाई लिएर तलवभत्ता माग गर्दे उपचार प्रक्रियामा सहभागी नहुन केही चिकित्सकहरुको निर्णयप्रति संयुक्त परामर्शदाता कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस विषयमा गम्भीर छलफल गरी चिकित्सकहरुलाई काममा फर्काउन एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघले सहजीकरण गर्ने निर्णय भएको अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले जानकारी दिए ।

वीरगन्जको एक निजी अस्पतालमा तलवभत्ताको विषय उठान गरेर चिकित्सकहरु उपचार प्रक्रियामा सहभागी भएका थिएनन ।