आधारभूमि संवाददाता
काठमाडौं, भदौ १७
विश्वभर महामारकिो रूपमा फैलिएको कोरोना सङ्क्रमितको सङ्ख्या अमेरिकामा ६२ लाख भन्दा बढी पुगेको छ ।
नेपाली समय बुधवार ७:३० बजे सम्म अमेरिकामा ६२ लाख ५७ हजार ५७१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
चीनको वुहानमा कोभिड–१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि अमेरिकामा पहिलो सङ्क्रमित विरामी जनवरी २१ मा भेटिएको थियो । अमेरिकामा बुधवारसम्म एक लाख ८८ हजार ९०० व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सङ्क्रमितमध्ये हालसम्म ३४ लाख ९६ हजार ९१३ व्यक्ति कोरोना मुक्त भएका छन् ।सङ्क्रमितमध्ये १५ हजार ७९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
अमेरिकापछि बढी सङ्क्रमण ब्राजिलमा ३९ लाख भन्दा बढीमा सङ्क्रमण देखिएको छ भने तेस्रो धेरै सङ्क्रमित सङ्ख्या भारतमा झण्डै ३७ लाख सङ्क्रमित भएका छन् ।
स्रोत : वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/