neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु , मृत्यु हुनेको संख्या २ सय ३९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु , मृत्यु हुनेको संख्या २ सय ३९ पुग्यो

Sep 1st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१६ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा १ बालिका र १० पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये महोत्तरीकी चार वर्षीया बालिका , महोत्तरीका ३७ वर्षीय पुरूष ,सिराहाका ६५ वर्षीय पुरूष, पर्साका ५३,८०,६० वर्षीय पुरूष, बाराका ६० वर्षीय पुरूष, चितवनका ५२ वर्षीय पुरूष, काठमाडौंका ७० र ३५ वर्षिय दुई जना पुरुष र मकवानपुरका ५८ वर्षिय पुरुष रहेका छन्

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २ सय ३९ पुगेको छ । यसअघि सोमबार नेपालमा कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi