neapl investment mega bank

चार्टड एकाउन्टेन्ट सदस्यहरुलाई छुट

Sep 1st, 2020

काठमाडौ, भदौ १६

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ र कलेज अफ बिजनेस म्यानेजमेन्टका बिचमा सदस्य तथा उनीहरुको नजिकका नातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकायमामा सिकाई शुल्कमा सतप्रतिशत छात्रवृति दिनेगरी सम्झौता भएको छ ।

सम्झौताका बारेमा जानकारी गराउदै कलेजका प्रिन्सिपल सिए. सुमन न्यौपानेले कलेज डिल्लीबजारमा अवस्थित रहेको र युवा चार्टर्ड एकाउन्टेन्टहरुको समुहद्वारा संचालनमा रहेको बताएकाछन । कलेजमा पाठ्यक्रमका अतिरिक्ति समसामयिक तथा प्राक्टिकल विधिबाट अध्यापन गराइदै आएको कलेजका प्रिन्सिपल सिए. न्यौपानेले बताएकाछन । साथै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ र बिजहब आइटी सर्भिस प्रा.लि.को बिचमा समेत सम्झौता भएको छ । उक्त सम्झौतामा संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका सदस्य बनाउने लक्ष्य अनुसार बढीमा २० प्रतिशतसम्म छुट मिल्ने गरी सदस्यहरुले अनलाइन प्लेटफर्म मार्फत कक्षा लिने व्यवस्था गरिएको छ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो । यसको मुख्य उद्धेश्य देशमा लेखा ब्यवसायको संरक्षण एवम् सम्र्वदन गरी सुब्यवस्थित एवम् सुचारु रुपले लेखा ब्यबसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्नु हो । यसले गर्दा सम्पूर्ण संघका सदस्यहरुलाई अहिलेको कोभिडको महामारीमा पनि घरमै बसेर अनलाइन कक्षा लिन तथा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको सदस्यता लिन समेत टेवा पुग्ने विश्वास लिएको संघका उपाध्यक्ष रमेश धितालले बताएका छन् ।

संघले गरेको कोभिड सर्वेको प्रतिबेदन अनुसार चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुको हितका लागि संघले कार्यहरु गरिरहेको धितालले बताएकाछन् । बैंक तथा बित्तिय संस्थाहरुसंग बिना धितोमा प्रोफेशनल कर्जा, बिशेष बैंकिङ्ग सेवाका लागि समेत सम्झौता भएको धितालले बताए ।