काठमाडौ, भदौ १६
सिद्घार्थ बैंक लिमिटेडले सोमबारदेखि बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवं वातावरण मैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीन पिन सेवा सुचारु गरेकोे छ । यो सुविधा संचालन पश्चात् बैंकका ग्राहकहरुले डेबिट र के्रडिट कार्डको ग्रीन पिन सोझै आफ्नो मोबाईल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्नसक्नेछन ।
ग्राहकहरुले आफ्नो नयाँ कार्डको पिन सिद्घार्थ बैंकको कुनै पनि एटिएम वा नेप्सको सदस्य रहेका केहि बैंकहरुको एटिएमबाट निर्धारण गर्न सक्नेछन । यसरीे पिन निर्धारण गर्न एटिएममा कार्ड राखेपछि ग्राहकहरुलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन आउने छ । प्राप्त ग्रीन पिन ग्राहकहरुले एटिएममा राखी आफ्नोे नयाँ पिनम्बर निर्धारण गर्न सक्नेछन । पिन सफलतापूर्वक परिवर्तन भएपछि, कार्ड सक्रिय हुनेछ र यस पश्चात् ग्राहकहरुले आफ्नो कार्ड एटिएम वा पस मेसिन तथा अनलाईन कारोबारमा सजिलै प्रयोग गर्न सक्नुका साथसाथै अन्य बैंकका एटिएमहरुमा पनि बिना कुनै अतिरिक्त शुल्क प्रयोग गर्न सक्नेछन ।
बैंकले ल्याएको यो सुविधाले ग्राहकहरुलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने र केहिहदसम्म भएपनि कागजको प्रयोग कमगरी वातावरण मैत्री बैंकिङ्ग सेवा उपलब्धहुने विश्वास बंैकले लिएको छ ।