neapl investment mega bank
  • गृहपृष्ठ
  • लामो दूरीका यातायात सञ्चालन र अन्तर्राष्ट्रिय उडान अशोज १ गतेपछि मात्र हुने

लामो दूरीका यातायात सञ्चालन र अन्तर्राष्ट्रिय उडान अशोज १ गतेपछि मात्र हुने

Aug 31st, 2020

आधारभूमि संवाददाता

काठमाडौं, भदौ १५

अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा आउने भएका छन् । सरकारले कोरोनाको जोखिम कायमै रहेकाले असोज १ पछि मात्र अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि सम्मका लागि सारिएको खतिवडाले बताए ।

यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए । मन्त्रिपरिषदको बैठकले असोज १ देखि अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । दैनिक बढीमा ८ सय यात्री हुने गरी अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ ।

विदेशबाट यात्री ल्याउँदा विगतमा पर्याप्त आइसोलेशन स्थल नभएका कारण पहिले उडान रोक्नुपरेको मन्त्री खतिवडाले उल्लेख गरे । अब आइसोलेशनको समस्या नपर्ने र पहिला ५ सय ल्याउने भनेकोमा अहिले ८ सय ल्याउनेगरी थप गरेको जानकारी दिए ।

दैनिक ८ सयको उद्धार

यसैगरी सरकारले विदेशबाट दैनिक ८०० नेपालीको उद्धार गर्ने निर्णय गरेको छ ।

यसअघि सरकारले दैनिक ५०० जनासम्मको मात्रै उद्धार गर्ने गरेको थियो । विदेशमा रहेका नेपालीको उद्धार नियमित र चार्टर फ्लाइटमार्फत पर्यटन मन्त्रालयले आवश्यकता अनुसार गर्नेछ ।

मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारी र जवाफदेहीतामा उडान संख्या, यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेशनको उपलब्धताको आधारमा दैनिक ८०० जना नबढ्ने गरी चार्टर र नियमित उडानको माध्यमबाट अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको होे ।

कूटनीतिक नियोगका सिफारिसमा नेपाल आउनै पर्ने अवस्थाका गैरआवासीय नेपालीलाई नेपाल आउन दिने निर्णय भएको प्रवक्ता खतिवडाले बताए । विदेशबाट यात्री ल्याउँदा विगतमा पर्याप्त आइसोलेशन स्थल नभएका कारण पहिले उडान रोक्नुपरेको मन्त्री खतिवडाले बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi