neapl investment mega bank

आशा लघुवित्त पाँचौ वर्षमा प्रवेश

Aug 31st, 2020

काठमाडौ, भदौ १५

आशा लघुवित्त वित्तीय संस्था पाँचौ बर्षमा प्रवेश गरेको छ । संस्थाका अनुसार यही भदौ १५ गते संस्था पाँचौं बर्षमा प्रवेश गरेको हो । चौंथो बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश मार्फत वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले वित्तीय संस्थाले चौंथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेकोमा खुशी ब्यक्त गर्दै संस्थालाई यस उचाईमा ल्याउनका लागि प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग पु¥याउनु हुने नियामक निकाय, संचालक समिति, विभिन्न बैंक तथावित्तीय संस्थाहरु, लगानीकर्ताहरु, ग्राहक सदस्यहरु, कर्मठ कर्मचारीहरु लगायत स्थानिय समुदायलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा रहिरहने कुरा ब्यक्त गरेकाछन ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको राष्ट्रिय स्तरकोवित्तीय संस्थाका रुपमा स्वीकृतिप्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्न समुदायका निम्ति आशा‘‘ भन्ने मुलनाराका साथ ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हाल संस्थाले आफ्ना ५५ वटा शाखा कार्यालयहरु मार्फत ५६ हजार भन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै रु. २ अर्ब ३९ करोड भन्दा बढि कर्जा प्रवाह गर्नुका साथै ८१ करोड निक्षेप संकलन गरेको छ ।