neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु , मृत्यु हुनेको संख्या २ सय २८ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु , मृत्यु हुनेको संख्या २ सय २८ पुग्यो

Aug 31st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१५ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये महोत्तरीकी चार वर्षीया बालिका ,गोरखा र रूपन्देहीकी दुई महिला, झापा, रौटहट, चितवन र भक्तपुरका एक-एक जना पुरूष रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २ सय २८ पुगेको छ । यसअघि आइतबार नेपालमा कोरोना सङ्क्रमणबाट १४  जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi