neapl investment mega bank
  • गृहपृष्ठ
  • सोमबार काठमाडौं उपत्यकामा थपिए २९८ संक्रमित

सोमबार काठमाडौं उपत्यकामा थपिए २९८ संक्रमित

Aug 31st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१५ भदौ

काठमाडौंमा थप २९८ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा २९८ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा १९० ,ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।यसअघि आइतबार उपत्यकामा हालसम्मकै बढी सङ्क्रमित थपिएका थिए।

नेपालमा सोमबार थप ८ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५८८ जनाले कोरोना जितेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi