neapl investment mega bank

पछिल्लो २४ घण्टामा थपिए ८९९ संक्रमित

Aug 31st, 2020

आधारभूमि संवाददाता

काठमाडौ, भदौ १५

नेपालमा थप ८९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ११ हजार १ सय २९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या ३९ हजार ४६० पुगेको छ । यसअघि आइतबार १२२१ जना कोरोना संक्रमित थपिएका थिए।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार १ सय २९ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ७ हजार ३३७ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २१ छ। जसमा संस्थागत आइसोलेसनमा १० हजार ७०१ जना रहेका छन् भने होम आइसोलेसनमा ७ हजार १२१ जनाको उपचार भइरहेको छ। हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पिसिआर गरिएको छ। 

थप ५८८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ५८८ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट ५८८ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या २१ हजार ४९० पुगेको छ ।