neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख ५० हजार नाघ्यो (अपडेट)

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख ५० हजार नाघ्यो (अपडेट)

Aug 31st, 2020

आधारभूमि संवाददाता

काठमाडौं, भदौ १५

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ८ लाख ५० हजार ८७८ व्यक्तिको मृत्यु भएको छ ।

नेपाली समय सोमबार २:३० बजे सम्म विश्वभरीमा दुई करोड ५४ लाख ६ हजार ५८८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ७७ लाख १६ हजार ७६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६८ लाख ३८ हजार ९४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६१ हजार १०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ६१ लाख ७३ हजार ६५३ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ८७ हजार २२६ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३८ लाख ६२ हजार ३११ जना सङ्क्रमित भएका छन् भने १ लाख २० हजार ८९६ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको भारतमा ३६ लाख २४ हजार ६१३ जना सङ्क्रमित भएका छन् भने ६४ हजार ६४६ जनाको मृत्यु भएको छ ।

स्रोत : वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/