neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैधरुपमा चन्दा असुली गरेको अभियोगमा पक्राउ

अवैधरुपमा चन्दा असुली गरेको अभियोगमा पक्राउ

Aug 31st, 2020

सल्यान, भदौ १५

बागचौर नगरपालिका ३ बाट अवैधरुपमा चन्दा असुली गरेको अभियोगमा २ जनालाई चन्दाबाट संकलित नगद १५ हजार रुपैयाँ र रा.४ प ६९३८ नम्बरको मोटरसाइकल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सारदा नगरपालिका १४ मालनेटा बस्ने २२ वर्षीय प्रकाश गिरी र बागचौर नगरपालिका-३ सोतागार बस्ने १७ वर्षीय किशोर रहेका छन् । कुमाख गाउँपालिका-६ मौलाहालेस्थित त्रिरत्न मेडिकलमा चन्दा असुली गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi