काठमाडौ, भदौ १५
ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले ल्याएको छ “ईन्द्रजात्रा क्यु आर कोडको यात्रा” योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल कन्ट्याकलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यु आर कोडको लागि आवेदन दिँदा पाँच सय रुपैयाँ बराबरको मोबाइल टपअप उपहार स्वरुप प्राप्त गर्न सक्नेछन ।
यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सक्नेछन । बैंकका अनुसार यसका लागि https://login.fonepay.com/#/signup मा गई आवश्यक विवरणहरु बुझाइ यो योजनामा सहभागी हुन सक्नेछन ।
यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका लागि marketing@sanimabank.comमा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर क्यु आर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ । यसरी सहभागी भएका क्युआर मर्चेन्टले बैंकको तर्फबाट रु. ५०० को मोबाइल टपअप प्राप्त गर्नेछन । यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुनेछ ।