neapl investment mega bank
  • गृहपृष्ठ
  • पार्किङ गरी राखिएका ट्रकहरुको व्याट्री चोरी गरेको अभियोगमा पाँच जना पक्राउ

पार्किङ गरी राखिएका ट्रकहरुको व्याट्री चोरी गरेको अभियोगमा पाँच जना पक्राउ

Aug 31st, 2020

कास्की, १५ भदौ

पोखरा महानगरपालिका-१४ बाट ट्रकको व्याट्री चोरी गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१४ हेवलीमार्ग बस्नेहरु बाँके नेपालगंज उपमहानगरपालिका-८ घर भएका २४ वर्षीय कमल पुन, दाङ नारायणपुर नगरपालिका-१० मसिना घर भएका बिनोद भन्ने १९ वर्षीय अजय चौधरी, सोही महानगरपालिका-१४ काजिपोखरी बस्ने धादिङ सिद्वेलेख गाउँपालिका-३ सरांघाट घर भएका २५ वर्षीय पुर्ण बहादुर माझी, पोखरा महानगरपालिका-१० बिरेन्द्रचोक बस्नेहरु भारत बिहार घर भएका ४२ वर्षीय दिनेश शाह र भारत बिहार घर भएका ४२ वर्षीय बिनोद प्रसाद जैसवाल रहेका छन् ।

कास्की पोखरा महानगरपालिका-१४ चाउथे खसिबजारस्थित पार्किङ गरी राखिएका बिभिन्न नम्बरका ४ वटा ट्रकहरुको ५ थान ब्याट्री शुक्रबार राति चोरी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर चोरी कसुरमा मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi