neapl investment mega bank

नेप्से आज चार अंकले बढ्यो

Aug 30th, 2020

काठमाडौ, भदौ १४

नेप्से आज आईतबार नेप्से चार दसमलव ६४ अंकले बढेर १४ सय ६२ दसमलव ६७ पुुगेको भएप िसेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव आठ अंकले घटेर दुुई सय ९६ दसमलव २९ अंकमा पुुगेको छ । आज एक सय ८६ कम्पनीहरुको ३३ हजार नौ सय ७३ वटा कारोवारमा ३६ लाख ८५ लाख नौ सय ६३ कित्ता सेयर खरिद बिक्री हुुंदा आज कारोवार रकम एक अर्ब ६१ करोड ४५ लाख ५४ हजार तीन सय रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा बाँणिज्य बैंक, बिकास बैंक र सामुुहिक लगानी कोष समुहको सुचक घटेपनि बाँकी नौ वटा समुहको सुचक बढेकाछन । आज जलबिद्युुत समुहको सुचक नौ दसमलव ३९ अंकले बढेर नौ सय ७९ दसमलव ३७ अंकमा पुुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ९४ दसमलव तीन अंकले बढेर सात हजार दुुई सय ९५ दसमलव १३ अंकमा चढेको छ । यि बाहेक लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा तारागाउँ रेजिडेन्सी होटल परेको छ । रकम कारोवारका आधारमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ । नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आउँदा दुुई घण्टासम्म अवरुद्ध भएको हुंदा नेप्से ५ः१५ बजेसम्म खुल्ला रहेको थियो ।