काठमाडौ, भदौ १३
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणको काम काम थप प्रभवकारी बनाउने विषयमा विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गरेकाछन । मन्त्री ढकालले शुक्रबार मन्त्रालयमै चिकित्सक संघ, नेपाल स्काउट, उच्च माध्यामिक विद्ययालय संघ (हिसान), नर्सिङ एसोसियसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतनिधिसँग छलफल गरेका हुुन ।
छलफलमा स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन सकैको साथ आवश्यक रहेको बताए । उनले विभिन्न संस्थाका प्रतिनिधिहरुबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएको भन्दै यसले कोरोना महामारीको चुनौति सामाना गर्न थप सहज हुने बताए ।
उनले काम गर्नेक्रममा केही त्यस्ता कमजोरीहरु भएका भए पनि त्यसलाई सुधार गरेर अघि बढ्न सकिने बताए । उनले कतिपय अवस्था बनिसकेको कार्यबिधि वा निर्देशिकाहरुमा पनि त्रुटी रहेको छ भने त्यस्तो विषय सच्चाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको बताए ।
मन्त्री ढकालले चिकित्स, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउनका लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए । मन्त्री ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता सुविधाका विषय केही गुनासोका आवाजहरु सुनिएको भन्दै सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगर्ने बताए ।
उहाँले यसअघि नै मन्त्रिपरिषद्ले जोखिमको अवस्थाहेरी एक सय प्रतिशत, पचहत्तर प्रतिशत र पचास प्रतिशत भत्ता र २५ लाख रुपैयाँको बीमाको व्यवस्था गरिसकेको बताउँदै असार सकिएका कारण नयाँ आर्थिक वर्षमा पहिल्यको जस्तो व्यवस्था हुँदैन कि भनेर चिन्ता नगर्न अनुरोध गरे ।
मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सबैसँग समन्वय गरेर नै महामारीविरुद्धको लडाँइमा विजय प्राप्त गर्न सकिने बताए । महामारीको समयमा साझा प्रयत्नले चुनौतिको सामना गर्न सरल हुने भन्दै मन्त्री ढकालले समय समयमा प्रतिनिधिमुलक ढंगका यस्ता छलफल जारी राख्ने बताए ।
छलफलमा चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारीविरुद्धको लडाइँ कठिन हुने बताए । उनले स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल उच्च बनाउनका लागि गर्नुपर्ने कुनै पनि काममा कन्जुस्याइँ गर्ननहुने बताए ।
अध्यक्ष कार्कीले कोभिड १९ पोजेटिभ भएर आइशोलेसनामा रहेका चिकित्सक स्वास्थ्यकर्मीको स्वास्थ्यको विषयमा मन्त्रालयको उच्च नेतृत्वले चासो लिइदिनुपर्ने बताए । महामारीविरुद्ध हामी सबै एकै ठाउँमा रहेको भन्दै मन्त्रालयले हामी छौँ भन्ने अनुभुति चिकित्सक र स्वास्थ्यकर्मीको बीचमा गराइदिनुपर्ने बताए ।
कार्कीले ग्रोसरी सपहरु दिनभर खोल्नुपर्ने बताउँदै परिस्थिति थप जडिल बने चिकित्सक संघले सरकारका लागि स्वयंसेवक उपलब्ध गराउनका लागि काम गरिरहेको बताए ।
-मनकुमारी राई, नर्सिङ एसोसिएसन
सरकारको काम कारबाही जे भएका छन राम्रो भएको छ । सेवा सुविधाको विषय मिडिया निरन्तर उठीरहेको छ । बीमा र भत्ताको कुरामा विभेद नहोस । काम गर्दा स्वास्थ्य सामाग्री अभाव भएको छ । सेवा सुविधामा कन्जुस्याइ नहोस । यसका कारण विभिन्नि असन्तुष्टि सार्वजनिक भएका छन । चिकित्सलाई चाहिँ होटलमा राख्ने अरुलाई चाहिँ घरमै जा भन्ने खालको स्थिति नहोस । प्रभावकारी सञ्चार भएन । हामीले प्रभावकारी सञ्चारमा जोड दियौँ भने ५० प्रतिशत गुनासो स्वत कम हुन्छ ।
-भक्तिमान सुब्बा, राष्टिय चिकित्साकर्मी संघ
स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने भन्ने महत्वपूर्ण विषय हो । यो ठूलो समस्या जस्तो देखिएको छ । संक्रमित बसेको ठाउँमा दूव्र्यवहार भएको कुरा । महामारीको विषम परिस्थिलाई समाजले बुझिदिनुपर्यो । स्वास्थ्यकर्मीले सबैठाउँमा भत्ता पाएका छैनन । पर्याप्त पिपिईहरु उपलब्ध गराएर । ढुक्कसँग काम गर्ने वातावरण बनाउनुपर्छ । यसमा मन्त्रालयले ध्यान दिनुपर्छ । खास गरेर यो एउटा सबैले लडने विष्य हो । यसमा सबैलाई परिचालन गर्ने कुरा सोचोस । परिचालनको विषयमा अलि बढी नै ध्यान दिनुपर्छ ।
-हरि कुँवर, स्वास्थ्य प्राविधिक संघका अध्यक्ष
कोरोनाको संक्रमण भयावह बन्दै गएको छ । भत्ताको कुरा अहिले पनि ज्यूँको त्यूँ रहेको छ । निर्देशिका बनाएर काम हुनुपर्यो । हामीले ७७ जिल्लामै कोराको संक्रमण बढन सक्छ भनेर काम गर्नुपर्छ । मन्त्रालयले धेरै काम गरेको छ । केहीले आलोचना गर्ने पनि धेरै जनाले महशुष गरेका छन । निजी र सरकारीको बीचमा रहेको भ्रम दूर गरेर अघि बढ्नु राम्रो । हिजो स्वास्थ्यकर्मीलाई भगवान भन्नेहरुले अहिले तीनीहरु हिडेँको बाटोसमेत हिड्न हुँदैन भन्ने कुरा आएको छ । आइसियु लगायतको जनक्तिका लागि अहिले नै क्षमता अभिवृद्धिको काम गरिहाल्नुपर्छ । हामी मन्त्रालयले गरेकामा लाग्छु ।
– राजेन्द्र खड्का, अध्यक्ष, स्वास्थ्य प्रयोगशालाकर्मी संघ (मेलान)
काम गरेका साथीहरुलाई चिया खर्च समेत दिन सकेको छैन । ६ महिना भैसकेको छ । सामाजिक बहिष्कार र अवहेलनाको कुरा छ । जनचेतना फैलाउनुपर्यो । कमजोरी गर्ने र दुव्र्यवहारमा संलग्नलाई कारबाही हुनुपर्यो । नमुना परीक्षण भन्दा पनि कस्तो नमुना परीक्षण कस्तो गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । समग्रतामा ११ सय साथी एकैपटक परिचालन गर्न सक्छौँ । दिनभर नमुना संकलन गरेको व्यक्ति बेलुका घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गरिदिनु राम्रो हुन्छ ।
-लोकबहादुर भण्डारी, महासचिव हिसान
भूकम्पको समयमा पनि हिसानले काम गरेको छ । आज पनि हामी गर्न तयार छौँ । यस्ता संघ संस्थाहरुलाई नियमित छलफलमा राखेर परिचालन गरौँ । पहिलो कोरोना संक्रमितको शव व्यवस्थापनमा स्काउटको स्वयंसेवकले काम गरेका थिए । जनताले अनुभुति हुनेगरी काम गरेको कुरा प्रचार पनि गर्नुपर्यो । हामी विभिन्न संस्थासँग समन्वय गरेर काम गरौँ । मन्त्रीज्यूले पहलकदमी लिएर सबैलाई परिचालन गर्दा राम्रो हुन्छ । टिम म्यानेजमेन्टहोस । कसरी होम क्वारेन्टाइनमा बस्ने भन्ने लगायतका जनचेतनाको काम पनि हुनुपर्यो । सातामा कम्तिमा एक पटक एउटा छलmलमा गरौँ ।