neapl investment mega bank

सहकारी बैंकको कर्जा अब सिंगल डिजिटमा

Aug 26th, 2020

ललितपुर, भदौ १०

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज १० प्रतिशत भन्दा कम भएको छ ।

बैंकले भदौ १० गतेदेखि लागु हुने गरी परिवर्तन गरेको कर्जाको ब्याजदर सिंगल डिजिटको बनाएको हो । न्यूनतम साढे ६ प्रतिशतदेखि बढीमा साढे दश प्रतिशतसम्मको ब्याजदर कायम भएको बैंकद्वारा जारी सूचनामा उल्लेख छ । बैंकका अधिकांश कर्जाको ब्याज सिंगल डिजिडको बनाइएको अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिए ।

कृषि तथा कृषि परियोजना कर्जामा साढे छ प्रतिशतदेखि नौ दशमलव २५ सम्म तथा परियोजना कर्जामा छ दशमलव ७५ देखि नौ दशमलव ९९ सम्म कायम भएको बैंकले जनाएको छ । बैंकले सदस्य सहकारी संघ संस्थाहरुलाई प्रदान गर्ने कर्जामा सबै भन्दा बढी दीगो सहकारी कर्जा र चालु पूँजि कर्जामा साढे १० प्रतिशत कायम गरिएको छ ।

बैंकले आवधिक कर्जामा आठ देखि १० दशमलव २५, हायर पर्चेज कर्जामा नौ दशमलवव ९९ तथा लघु कर्जामा नौ देखि १० दशमलव २५ प्रतिशत ब्याज कायम गरेको छ । बैंकले सदस्यहरुमार्फत लिने निक्षेपमा साढे दुुई प्रतिशतदेखि सात प्रतिशतसम्म कामय गरिएको प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

बैंकले कोरोनाका कारण सरकारले जारी लकडाउन अन्र्तगत चैत देखि जेठ सम्मको ब्याजमा १० प्रतिशत छुट दिएको थियो । असार गतेदेखि कर्जा २ प्रतिशत ब्याज कम गरेको बैंकले यस पटक थप ब्याज परिवर्तन गरेको हो ।