neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ७ की एक महिलामा कोरोना पुष्टि

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ७ की एक महिलामा कोरोना पुष्टि

Aug 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १० भदौ

ललितपुरको महालक्ष्मी नगरपालिका वडा.नं ७ की मेडिसिटि अस्पतालमा कार्यरत एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । निज महिलामा मंगलबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । निजलाई कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारनै उपचारको लागि ललितपुर स्थित मेडिसिटि अस्पतालमा भर्ना गरिएको छ।

मेडिसिटि अस्पतालले अस्पतालमा कार्यरत कर्मचारीहरुको कोरोना परीक्षण गर्दा निज महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको हो । संक्रमित बस्ने घरमा बाँकी रहेका सबैलाई होम क्वारेन्टीनमा राख्नुका साथै संक्रमितको परिवारको छिटै पी.सी.आर टेस्ट गर्ने महालक्ष्मी नगरपालिका व.डा.नं ७ का अध्यक्ष नकुल थापाले आधारभूमिलाई जानकारी दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi