neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु , मृत्यु हुनेको संख्या १७५ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु , मृत्यु हुनेको संख्या १७५ पुग्यो

Aug 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१० भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा दुई महिला र ९ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये मोरङ र भक्तपुरका दुई महिला, कैलालीका २ पुरूष , महोत्तरीका ३ पुरूष , बाँकेका १ पुरूष , काठमाडौंका १ पुरूष र बाराका २ जना पुरूष रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १७५ पुगेको छ । यसअघि मंगलबार नेपालमा कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi