neapl investment mega bank

काठमाडौं उपत्यकामा थपिए ३०१ संक्रमित

Aug 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१० भदौ

काठमाडौंमा थप ३०१ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ३०१ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका २३०  ,भक्तपुरका २४  र ललितपुरका ४७ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।यसअघि मंगलबार उपत्यकामा २३२ संक्रमित थपिएका थिए।

नेपालमा आइतबार थप ८ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३८५ जनाले कोरोना जितेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi