neapl investment mega bank
  • गृहपृष्ठ
  • स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

Aug 26th, 2020

रुपन्देही, भदौ १०

तिलोत्तमा नगरपालिका ३ सिताराईस मिलस्थित सडकमा लु.२६ प १४५५ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका २ शंकरनगर बस्ने ४० वर्षीय शंकर कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi