neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाका २३८ जना को पी.सी.आर परीक्षण गर्दा २ जनामा सङ्क्रमण पुष्टि, २३ जनाको रिपोर्ट आउन बाँकि

महालक्ष्मी नगरपालिकाका २३८ जना को पी.सी.आर परीक्षण गर्दा २ जनामा सङ्क्रमण पुष्टि, २३ जनाको रिपोर्ट आउन बाँकि

Aug 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १० भदौ

महालक्ष्मी नगरपालिकाका २३८ जना को पी.सी.आर परीक्षण गर्दा २ जनामा कोरोना  सङ्क्रमण पुष्टि भएको छ । गत सोमबार महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोग र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा नगर क्षेत्रभित्रका कोरोना संक्रमितहरुको क्लोज कन्ट्याक्टमा आएका व्यक्तिहरुको वडा नं ३ कार्यालय परिसरमा थ्रोट स्वाब नमुना संकलन गरेको थियो ।

उक्त संकलित २३८ थ्रोट स्वाब नमुनाहरु रीयल टाईम पि.सि.आर. परीक्षण पद्धति द्वारा परीक्षण गर्नका लागि काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

सो परीक्षणको रिपोर्ट हाल सम्म २१५ जनाको मात्र आएको र त्यसमध्ये अब २३ जनाको स्वाब नमुनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको महालक्ष्मी नगरपालिकाका स्वास्थ शाखाका डा. रमिन महर्जनले आधारभूमिलाई जानकारी दिए । संक्रमित हुनेमध्ये महालक्ष्मी नगरपालिका व.डा .नं ३ का एक महिला र एक पुरुष रहेका छन्।

aadharbhumi
aadharbhumi
aadharbhumi