neapl investment mega bank
  • गृहपृष्ठ
  • सप्तकोशी नदि हुँदै छ वटा डुङ्गामा राखेर अवैध रुपले भारततर्फ लैजाँदै गरेको एक सय ७५ बोरा केराउ बरामद

सप्तकोशी नदि हुँदै छ वटा डुङ्गामा राखेर अवैध रुपले भारततर्फ लैजाँदै गरेको एक सय ७५ बोरा केराउ बरामद

Aug 26th, 2020

काठमाडौं, भदौ १०

सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका ११ चकुवाबाट भाद्र ९ गते एपीएफ टोलीले चोरी निकासीको एक सय ७५ बोरा केराउ बरामद गरेको छ । सप्तकोशी नदि हुँदै छ वटा डुङ्गामा राखेर अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त केराउ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसवेला एपीएफ टोलीले उक्त केराउ लैजान प्रयोग भएको छ वटै डुङ्गा समेत बरामद गरेको छ । बरामद केराउ तथा डुङ्गा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । बरामद केराउ र डुङ्गाको भन्सार दाखिला मुल्य दुई लाख ४७ हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले भाद्र ८ गते करीव एक लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र सुर्तीजन्य पदार्थ एपीएफ टोलीले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ थुकैला स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi