neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ

Aug 25th, 2020

झापा, ९ भदौ

आफ्नै बुबाको हत्या गरेको अभियोगमा झापा गाउँपालिका-३ बस्ने २५ वर्षीय सुनिल टुडुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुनिलले सोमबार राति बाँसको भाटा प्रहार गर्दा गम्भीर घाइते भएका उनका पिता ७० वर्षीय साईला टुडुको स्थानीय मेडिकलमा सामान्य उपचार पश्‍चात घरमै ल्याएर राखेकोमा मंगलबार बिहान उनको मृत्यु भएको थियो। साइला टुडुको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले छोरा सुनिललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi