neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वास्थ्यकर्मीलाई साथ दिन आमनागरिकलाई नेपाल चिकित्सक संघको आग्रह

स्वास्थ्यकर्मीलाई साथ दिन आमनागरिकलाई नेपाल चिकित्सक संघको आग्रह

Aug 25th, 2020

काठमाडौँ, ९ भदौ, /रासस

नेपाल चिकित्सक संघले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाईमा अग्रभागमा अनवरत खटिएका स्वास्थ्यकर्मीलाई साथ र सहयोग गर्न आमनागरिकलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा आज संघका अध्यक्ष डा लोचन कार्कीले पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या र त्यसबाट हुने मृत्यु बढिरहेको अवस्थामा स्वाथ्यकर्मीमाथि केही स्थानमा बेला बेलामा हुने दुव्र्यहारबाट दुःख लागेको बताउनुभयो ।

घरबेटी र छरछिमेकीबाट हुने त्यस्ता दुव्र्यहारले स्वास्थ्यकर्मीको मनोबल घट्ने भएकाले मनोबल बढाउने काम गर्न आग्रह गर्दै उहाँले कोरोनाविरुद्धको लडाईमा अनवरत लडिरहेका स्वास्थ्यकर्मीलाई जनताको साथ र सहयोगको अपेक्षा छ भन्नुभयो । अध्यक्ष डा कार्कीले आवश्यक मापदण्ड पालना गरी कोरोना सङ्क्रमणबाट बच्न सकिने बताउनुभयो । कोरोना सङ्क्रमणबारेमा नराम्रो व्यवहार गर्दा सङ्क्रमितले परिचय लुकाई नियन्त्रण गर्न गाहे हुने उहाँको भनाई थियो । स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा राख्नका लागि सहयोगको आग्रह गर्दै अध्यक्ष डा कार्कीले कोरोना विरुद्धको लडाईमा सबै एक भएर लड्नुपर्ने बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi