neapl investment mega bank
  • गृहपृष्ठ
  • चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ

चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ

Aug 25th, 2020

कैलाली, भदौ ९

चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका ३ बस्ने ३८ वर्षीय विशाल चौधरीलाई सोही ठाउँस्थित चटकपुरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

२०७६ असार २३ गते सोही उपमहानगरपालिका ५ तारानगरस्थित विकास सिंहको किराना पसल लगायत विभिन्न स्थानमा चोरी गरेको घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । साथै सोही ठाउँस्थित उनको डेराबाट गत साउन ३१ गते चोरीको सामान, चोरी गर्न प्रयोग हुने विभिन्न औजार, कटुवा पेस्तोल र ३ राउण्ड गोली समेत प्रहरीले गरेको थियो । जिल्ला अदालत कैलालीबाट चोरीका २ मुद्दामा ६० हजार रुपैयाँ जरिवाना र हातहतियार खरखजना मुद्दामा पुर्पक्षका लागि कारागार राख्ने आदेश भएका चौधरी फरार रहेका थिए ।

चौधरीलाई पुर्पक्षका लागि कारागार राख्ने आदेश भए पश्चात् कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi