neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो (अपडेट)

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो (अपडेट)

Aug 25th, 2020

काठमाडौं, भदौ ९

आधारभूमि संवाददाता

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३८ लाख नाघेको छ ।

नेपाली समय मंगलबार १०:३० बजे सम्म विश्वभरीमा दुई करोड ३८ लाख ११ हजार ६९३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ६३ लाख ६० हजार ५३६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३४ हजार १५२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६१ हजार ७१८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ८ लाख १७ हजार ५ व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ५९ लाख १५ हजार ६३० पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ८१ हजार ११४ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३६ लाख २७ हजार २९२ जना सङ्क्रमित भएका छन् भने १ लाख १५ हजार ४५१ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको भारतमा ३१ लाख ६७ हजार ३२३ जना सङ्क्रमित भएका छन् भने ५८ हजार ५४६ जनाको मृत्यु भएको छ ।

स्रोत : वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/