सुनसरी, भदौ ८
अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी भोक्राहा नरसिंह गाउँपालिका-७ बस्ने वुदर भन्ने ३७ वर्षीय विदुर यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीको २०७० साल असोज ६ गतेको फैसलाले उक्त मुद्दामा ११ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले कोशी गाउँपालिका-७ बाट पक्राउ गरेको हो ।
यादवलाई जिल्ला अदालत सुनसरीको आदेशले कैद भुक्तानका लागि कारागार झुम्का पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।