neapl investment mega bank
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट गणपति तालिम उद्घाटन

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट गणपति तालिम उद्घाटन

Aug 24th, 2020

काठमाडौं, भदौ ८

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा सि.सं. ४ गणपति तालिम संचालन भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले भाद्र ८ गते एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभयो ।

त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले मध्यम तहका र प्रत्यक्ष रुपमा फिल्डमा खटिई बटालियन तहको नेतृत्व वहन गर्ने अधिकृतहरुलाई लक्षित गरी उनीहरुको पेशागत ज्ञान, व्यावसायिक दक्षता एवं नेतृत्व क्षमतामा अभिबृद्धि गर्ने उद्देश्यले सो तालिम संचालन गरिएको उल्लेख गर्नुभयो ।

उहाँले यस्ता तालिमबाट प्राप्त ज्ञान, कला र कौशलको उपयोग गरी सशस्त्र प्रहरी अधिकृतहरुले कार्यक्षेत्रमा आईपर्ने विविध चुनौतीहरुलाई परास्त गर्दै आत्म विश्वासका साथ चुस्त रुपमा कार्यसम्पादन गर्न कृयाशिल रहनुपर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले फौजी संगठनमा जिम्मेवारीका क्षेत्रहरुमा उत्कृष्ट कार्य सम्पादन गर्नका लागि यस्ता व्यावसायीक तालिमहरु महत्वपूर्ण कडीको रुपमा रहने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी अधिकृतहरुको वृत्तिविकासमा समेत यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले प्रशिक्षार्थी अधिकृतहरुले यसअघि संगठनको विभिन्न नियुक्तिमा रहि लामो अनुभव प्राप्त गरिसकेको चर्चा गर्नुहुँदै प्रशिक्षार्थीहरुले तालिमलाई मौकाको रुपमा सदुपयोग गर्दै अझ बढि अध्ययनशिल, मेहनती र फौजी अनुशासनमा रहेर स्वःस्फूर्त रुपमा बढि भन्दा बढि ज्ञान आर्जन गर्न प्रयत्नशिल रहने विश्वास व्यक्त गर्नुभयो ।

उक्त तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई स्टाफ ड्युटिज, कमाण्ड एण्ड म्यानेजमेन्ट, ट्याक्टिस, सुरक्षा, विभिन्न ऐन नियमहरु तथा संगठनको कामकारवाही लगायतका विविध विषयहरुमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइने कुरा सो समारोहमा जानकारी गराइएको थियो ।
करीब दुई महिना अवधिको उक्त तालिममा २८ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi