neapl investment mega bank
  • गृहपृष्ठ
  • महासंघद्धारा फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको गर्न माग

महासंघद्धारा फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको गर्न माग

Aug 24th, 2020

काठमाडौं, भदौ ८

नेपाल पत्रकार महासंघले फिल्डमा खटिने पत्रकारहरुको निशुल्क पिसिआर परिक्षणको व्यवस्था मिलाउन माग गरेको छ । महासंघले बिज्ञप्ती जारी गर्दे भनेको छ, विश्वव्यापी रुपया फैलिएको कोभिड ( १९) को संक्रमण पछिल्ला दिनहरुमा नेपालमा पनि तीब्र गतिमा फैलिदै गइरहेको छ ।

महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेका छन् । संक्रमणको दर वृद्धि भएसंगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा समेत संक्रमण देखिने क्रम बढेको छ । हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् । नेपाल पत्रकार महासंघ संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

साथै, महामारीको यो समयमा संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघ आम सञ्चारकर्मिहरुमा अपिल गर्दछ । सञ्चार प्रतिष्ठानहरूले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासंघ आग्रह गर्दछ, महासंघले भनेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi