neapl investment mega bank
  • गृहपृष्ठ
  • महासंघका अध्यक्ष गोविन्द आचार्यले स्व. बानियाँको गृह जिल्ला पुगेर गरे समवेदना प्रकट

महासंघका अध्यक्ष गोविन्द आचार्यले स्व. बानियाँको गृह जिल्ला पुगेर गरे समवेदना प्रकट

Aug 23rd, 2020

काठमाडौ, भदौ ७

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आज महासंघका पूर्वसचिव वरिष्ठ पत्रकार स्वर्गीय बलराम बानियाँको तेह्रौं पुण्यतिथिका दिन स्व. बानियाँको गृह जिल्ला तनहुँको भानु नगरपालिका–१३ स्थित मिर्लुङ्ग गाउँको बानियाँ टोल पुगेर समवेदना प्रकट गरेकाछन ।

सो क्रममा अध्यक्ष आचार्यले नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले पठाएको सहयोग चार लाख ३१ हजार नौ सय ५१ रुपियाँ स्वर्गीय बलराम बानियाँको पारिवारिक सदस्यलाई हस्तान्तरण गरेकाछन । साथै, अध्यक्ष आचार्यले महासंघ केन्द्र, प्रदेश र तनहुँ शाखाको तर्फबाट समवेदनापत्र पनि परिवारलाई हस्तान्तरण गरेका थिए ।

समवेदना प्रकट गर्न महासंघ अध्यक्ष आचार्य र प्रेस काउन्सिलका अध्यक्षसहितका टोली सहभागी रहेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi