neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु ,मृतकको संख्या १४९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु ,मृतकको संख्या १४९ पुग्यो

Aug 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,७ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

आइतबार मृत्यु हुनेमध्ये २ महिला र एक पुरुष रहेका छन् । मृत्यु हुनेमा पर्साकि ५६ वर्षीय महिला ,सर्लाहीकि ३३ वर्षीय महिला र झापाका ५८ वर्षीय पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ ।

नेपालमा आइतबार थप ८१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २८१ जनाले कोरोना जितेका छन् । त्यस्तै विगत २४ घण्टामा थप ३ जनामा मृतकमा कोरोना पुष्टि भएको छ। हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।
देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi