–सत्यराम कासिछ्वा
काठमाडौं, भदौ ७
शिक्षा बाहेक अन्य भिन्न विषय अध्ययन गरेर रोजगारी नपाएको वेला वा टाईम पास गर्ने उद्देश्यले विभिन्न प्रक्रियामा विद्यालय सेवामा प्रवेश गर्ने अनि संगठन खोलेर सरकारलाई दबाबमा पार्ने काम विश्वमा कतै छैन, तर नेपालमा जस्तोसुकै हुनुपर्ने किन ?
आन्दोलनरत शिक्षकहरूको मागले दिर्घकालिन समाधान दिनै सक्दैनन् तर पनि सरकारले तिनै शिक्षकको मानवीय हितका लागि मात्रै फेरि शिक्षा ऐन संशोधन गर्दैछ । जहाँ विद्यार्थीको लागि उपयुक्त शिक्षक छनोट शिक्षा संकाय वा विषयबाट हुनुपर्ने कुरा उल्लेख हुँदैन वा गरिने छैन।
कहिल्यै दिर्घकालिन समस्या समाधान नहुने अस्थायी, करार, राहत तथा अन्य विभिन्न प्रकारको कोटाका १७ थरिका शिक्षकहरूको संयुक्त आन्दोलनले शुद्ध शिक्षाका व्यक्तिर शिक्षकहरूलाई विद्यालय सेवाबाट निरुत्साहित गरि बन्चित गराउने चलखेल भै रहेको छ ।
हिजो २/३ दशक अघिको समस्या आज सम्म जहाँको त्यहीँ छ, अझ पनि शिक्षा विषयर संकायलाई बेवास्ता गरी अन्य क्षेत्रबाट शिक्षक नियुक्ति गर्ने काम भए यस्ता शिक्षकको समस्या समाधान कहिले पनि हुँदैनन् हुनेछैन पनि।
यसर्थ शिक्षा संकाय वा विषयमा तपसिल नयाँ तथा पुरानो विषय वा अध्ययन क्षेत्र थप गरी सुधारपर्ने देखिन्छ :
१.विज्ञान
२.राजनीति शास्त्र
३.पत्रकारिता
४.कानुन
५.लेखा तथा तथ्यांक शास्त्र
६.बजार शास्त्र
७.भूगोल
८.इतिहास तथा संस्कृति आदि
तसर्थ यी विषय शिक्षामा समावेश गरी विद्यालयका लागि आवश्यक शिक्षक जनशक्ति उत्पादन गर्दै शिक्षा नीतिमा रही सम्पूर्ण शिक्षक समस्या समाधान गर्न सकिन्छ ।