दाङ, ६ भदौ
घोराही उपमहानगरपालिका-१० चारबगिया कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय शेर बहादुर बुढा समेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ५८ हजार ३ सय रुपैयाँ र १३ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।