आधारभूमि संवाददाता
काठमाडौँ,६ भदौ
नेपालमा कोरोना सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।
शनिबार मृत्यु हुनेमध्ये एक महिला र ८ पुरुष रहेका छन् । मृत्यु हुनेमा सुनसरीकि ६ वर्षीय बालिका र ६७ वर्षीय पुरुष ,पर्साका ४८,६१, ५८ वर्षीय पुरुष, बाराका ५८ वर्षीय पुरुष, सिराहाका ६८ वर्षीय पुरुष , मकवानपुरका ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको छ ।
आज एकै दिन ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ३१ हजार ११७ पुगेको छ । त्यस्तै पछिल्लो १३६ घण्टामा २६४ जनाले कोरोना जितेका छन् ।योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १८ हजार ३५० पुगेको छ ।